प्रधानमन्त्री ओलीले घरमा आगो लगाउने काम गरे: पूर्व सांसद ओली

प्रधानमन्त्री ओलीले घरमा आगो लगाउने काम गरे: पूर्व सांसद ओली

पोखरा : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य पूर्व सांसद सिता गिरी ओली प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो घरमा आगो लगाउने काम गरेर जनतालाई झुट वोल्दै हिडेको आरोप लगाइन्। नेकपा माछापुच्छ«े गाउँपालिका ३ घाचोकले आज (शनिबार) आयोजाना गरेको प्रतिगमन बिरुद्ध बिरोध सभा कार्यक्रममा सम्वोधन गर्र्दै नेतृ ओलीले पार्टी र संविधानको विधि विपरित प्रधानमन्त्री ओलीले आफ्नै घरमा आगो लगायर जनता सामु झुटको खेति गर्दै हिडेको आरोप लगाएकी हुन्।

उनले भनिन“ हामीले कम्युनिष्ट पार्टी निर्माणमा कुन दुःख कस्ठ सहेर आज यो स्थानमा बनाएका हौं, भएको झण्डै दुईतिहाई बहुमतलाई विघटन गरेर निर्वाचनमा जाने कस्तो असंवैधानिक कदम हो, यति वेला हामीलाई त रुवाए रुवाए आम जनतालाई पनि प्रधानमन्त्री ओलीले रुवाएका छन्। ” गणतन्त्र नै हाल धरापमा परेकोले प्रधानमन्त्री ओलीले सेटिङ गरेको भन्ने कुरा यदि साँचो भएमा गणतन्त्र नै खारेज हुन सक्ने अबस्था आउने भएकोले प्रतिगम बिरुद्ध अब शसक्त्त आन्दोलनको खाँचो भएको नेतृ ओलीको वोली थियो । सारा जनता, नागरिक समाज र पार्टीहरुले समेत प्रधानमन्त्री ओलीको कदम असंवैधानिक, अलोकतान्त्रिक भएको प्रतिकृया दिदा दिदै उनको पछि लाग्ने नेता कार्यकर्तालाई एक पटक पुनः सोच्न उनले आग्रह गरिन्।

कार्यक्रममा नेकपा गण्डकी कमिटि सदस्य एवं गण्डकी प्रदेश सभा सदस्य (सांसद) रामजी प्रसाद बराल (जीवन) ले संसद विघटनले भारत, अमेरीका र प्रतिगमनकारीहरुलाई मात्र खुसि बनाएको अन्य सारा नेपाली जनतालाई निकै दुःखि बनाएको बताए । उनले भने “प्रधानमन्त्री ओलीको असंवैधानिक कदमले जनता, नेता तथा कार्यकर्ताहरु निरास भएका छन्, उनको असंवैधानिक कदमलाई कुनै पनि हालतमा सर्वोच्च अदालतले आम जनता र संविधान रक्षा हुने गरी निर्णय गर्ने छ । ” प्रधानमन्त्री ओलीको दृष्टिकोण पूर्व राजा ज्ञानेन्द्र साहको भन्दा खतराजनक प्रबृत्ति भएकोले उनको कदम बिरुद्ध सशक्त आन्दोलनको विकल्प नभएको सांसद बरालले दाबी गरे । उनले भने “ प्रधानमन्त्री ज्यू, तीन वटा निती तथा बजेट पास गर्दा नेकपाले कहिले र कहाँ अबरोध सृजना गर्यो, वलत्कारि हत्यारालाई पक्ता लगाऔं, भ्रष्टचार नियन्त्रण गरौं, नेपालको हित विपरितको एम.सी.सी संसोधन गरौं भन्दा असहयोग गरेको हुन्छ, नेकपाले कहिले विकास निर्माणमा बाधा अबरोध पुर्यो बन्न सक्नु पर्यो नि, जनतालाई ढाँट्ने, झुटको खेति गर्दै हिड्ने । ” केही ठाँउमा अझै पनि बजेट पारिदिने प्रलोभनमा प्रधानमन्त्री ओली पक्षधरहरुले जनतालाई भ्रममा पार्ने काम गरेकोले त्यस कदम बिरुद्ध तत्काल सचिन सांसद बरालले चेतावनी दिए ।

नेकपा प्रदेश सदस्य कृष्ण नेपालीले प्रधानमन्त्री ओलीले ५ बर्षसम्म संसद विघटन गर्न नमिल्ने संविधानमा उल्लेख हुदा हुदै बेमौसमको बाजा बजाउने काम गरेर जनतालाई दुःख दिने काम गरेको आरोप लगाए । बुदिजिबी मिनराज लम्सालले नेकपालको माथिल्ला तहबाट बिबाद हुदा जनताले हाल सास्ती भोग्नु परेको बताए । युवा नेता लाल बहादुर परियारले यतिवेला जनता औषधिको खोजिमा भएको बताउदै कुनै विचारको आधारमा बजेट विनियोजनामा विभेद नगर्न चेतावनी दिएका छन्।

नेकपा माछापुच्छ«े गाउँपालिका ३ घाचोकका अध्यक्ष गोपाल पोखरेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सुनौलो पाटन आमा समुहका शक्ति दवाडी, महिला नेतृ गितादेवि पोखरेल, नेता चित्रनाथ लम्साल, सुक्ला गण्डकी माविका रवि पोखरेल लगायतले प्रधानमन्त्री ओली नेतृत्वको सरकारको समयमा भ्रष्टचार, वलत्कार, महङगी बढेको दाबी गरे ।

सम्बन्धित खवर