विश्वकै विशाल गुफा, जहाँ १५० वटा गुफाहरु छन (तस्विरसहित)

विश्वकै विशाल गुफा, जहाँ १५० वटा गुफाहरु छन (तस्विरसहित)

एजेन्सी : विश्वमा थरी थरीका गुफाहरु छन । तिनका विशेषताहरु पनि फरक फरक छन । तर यहाँ चर्चा गर्न लागिएको गुफा विश्वकै सबैभन्दा ठूलो गुफाको हो । यो गुफा यति विशाल छ कि, त्यस भित्र थुप्रै थुप्रै ४० तल्ले घरहरु बनाउन सकिन्छ ।

तस्विरः नेशनल जोग्राफिक

मध्य भियतनामको जंगलमा रहेको यो गुफाको नाम ‘हाङ सोन डोंग’ हो । यो गुफाको लम्बाई ९ किलोमिटर छ । यस गुफा भित्र १५० वटा अन्य गुफाहरु पनि छन । यो गुफा भित्र रुख, विरुवा, जंगल, बादल, नदीलगायतका सबथोक छन ।

तस्विरः नेशनल जोग्राफिक

लाखौं बर्ष पुरानो यो गुफलाई सन २०१३ मा मात्रै पर्यटकका लागि खुला गरिएको थियो । यो गुफामा प्रत्येक बर्ष २५० देखि ३ सय जना पर्यटकले मात्रै घुम्ने अनुमति पाउँछन । सन १९९१ मा ‘हो खनह’ नामक स्थानीय ब्यक्तिले यो गुफा पत्ता लगाएका थिए । त्यसबेला गुफा भित्र पानीको मात्रा धेरै थियो । पानी सुसाएको ठूलो आवाज आइरहेको थियो । गुफा भित्र निकै अध्याँरो थियो । जसका कारण त्यसबेला कसैले पनि यो गुफामा प्रवेश गर्ने हिम्मत गरेनन् ।

तस्विरः नेशनल जोग्राफिक

एक ब्रिटिस रिसर्च ग्रुपले पहिलो पटक यो गुफाका तस्विर र भिडियोहरु सार्वजनिक गरेपछि यो गुफाले सन २००९ मा मात्रै अन्तराष्ट्रिय स्तरमा पहिचान बनाएको थियो । त्यसपछि सन २०१० मा वैज्ञानिकहरुको एक टोलीले गुफा भित्र रहेको ‘भियतनामको पर्खाल’ भनिने माटोको २ सय मिटर अग्लो पर्खाल नाघेर गुफा भित्र प्रवेश गर्ने बाटो पत्ता लगाएका थिए ।

तस्विरः नेशनल जोग्राफिक

पर्यटकहरुले प्रत्येक बर्ष अगस्त महिना अघि नै यो गुफाको भ्रमण गरिसकेका हुन्छन । किनकी यसपछि यस गुफामा रहेको पानीको सतह ह्वात्तै बढ्छ । यो गुफामा जानका लागि प्रतिब्यक्ति ३ हजार अमेरिकी डलर खर्च गर्नुपर्छ ।

तस्विरः नेशनल जोग्राफिक

हाङ सोन डोंग गुफाको भ्रमण गर्न चाहने पर्यटकलाई ६ महिनाको तालिम दिइन्छ । उनीहरुलाई दैनिक कम्तिमा १० किलोमिटर पैदल हिंड्ने तालिम दिइन्छ । त्यस्तै ६ पटकसम्म रक क्लाइम्बिङ गर्ने तालिम दिइन्छ ।

तालिम सफलतापूर्वक पुरा गरेपछि मात्रै हाङ सोन डोंग गुफाको भ्रमण गर्न पाइन्छ ।

स्रोतः नेशनल जोग्राफिक ।

सम्बन्धित खवर