ठेकेदार कम्पनील गजुरमुखी जेभीद्वारा कल्भर्ट बनाउने क्रममा बिधुत चोरी

ठेकेदार कम्पनील गजुरमुखी जेभीद्वारा कल्भर्ट बनाउने क्रममा बिधुत चोरी

रंगेली, १५ माघ । राष्ट्रिय गौरवको आयोजना हुलाकी राजमार्ग अन्तर्गतको झापा–मोरङ खण्डको रतुवामाई नगरपालिका ५ स्थित परोपकार स्वर्गद्वारी घाट बाट ठेकेदार कम्पनील गजुरमुखी जेभीले कल्भर्ट बनाउने क्रममा बिधुत चोरी गरेर काम गर्ने गरेको फेला परेको छ ।

कल्भर्ट बनाउनका लागि खाल्डोमा जमेको पानी फ्याक्न गजुरमुखिले विद्युतबाट सन्चालन हुने मोटर र फलाम काट्न का लागि प्रयोग गरिने मेसिन समेत चोरी कै विधुतबाट काम गरेको पाईएको हो ।

गजुरमुखि जेभिले परोपकार स्वर्गद्वारीघाटबाट विद्युत प्राधिकरणलाई चुनौती दिँदै आफू खुशी विद्युत चोरी गरेर काम गरेको परोपकार घाटका अध्यक्ष कमल घिमिरे ले बताए । उनले भने आफुले बारम्बार विद्युत चोरी गनर्न आग्रह गर्दा समेत घाट बाट बिगत १० दिन अगाडि देखि विद्युत चोरी गरेर लगेको दावी गरे ।

नेपाल विद्युत प्राधिकरण रंगेलीले चोरी गरेर काम गरेको पानी पटाउने मोटर र ५ सय मिटर तार र बाल समेत नियन्त्रणमा लिएको छ । यसरी ठुला ठेक्केदार कम्पनी हरुले गैर कानुनी रुपमा विद्युत चोरी गरेर काम गरिरहेको बारम्बार फेला परिरहेको छ ।

नियन्त्रणमा लिएको उक्त कठेकेदार कम्पनीको सामान ५ देखि ७ हजार रुपैयाँ सम्म जरिमाना लिएर मात्र छाड्न सकिने रंगेली नेपाल विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रका प्रमुख अवधेश गुप्ताले बताए ।

सो सडकमा अहिले ठाउँ ठाउँमा कल्भट निर्माणकार्य भईरहे पनि ठेक्केदार कम्पनीले भने कल्भर्ट निर्माण गर्ने क्रममा यसरी बिधुत चोरी गरेर काम गरि रहेको छ । सो ठाउँमा गाउँ नभएको र सुनसान ठाउँ भएको मैका छोपि ठेक्केदार कम्पनीले यसरी विद्युत चोरी गरेर काम गरेको हो ।

रतुवामाई नगरपालिका देखि सुनवर्षी नगरपालिका भित्रकोे सडक कालोपत्रे गर्ने ठेक्का गजुरमुखि मोतीदान जेभि बानेश्वरले पाएको छ । उक्त कम्पनी को दुई खण्डमा गरि सो सडक कालोपत्रे गर्न ७७ करोड ६७ लाख ६५ हजार ८ सय ४२ रुपैयाँमा ठेक्का पाएको छ ।

सम्बन्धित खवर