नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा ३५ सुत्केरीलाई न्यानो कपडा र पोषिलो खानेकुरा प्रदान

नोना कोइराला स्मृति प्रतिष्ठानद्वारा ३५ सुत्केरीलाई न्यानो कपडा र पोषिलो खानेकुरा प्रदान

विराटनगर : नोना कोइराला स्मृति प्रतिष्ठान नेपालले भर्खरै सुत्केरी भएका ३५ जनालाई न्यानो कपडा र पोषिलो खानेकुरा प्रदान गरेको छ । प्रजातान्त्रिक आन्दोलनकी महिला नेतृ नोना कोइरालाको १४ औं स्मृति दिवसका अवसरमा प्रतिष्ठानले विराटनगरस्थित कोशी अस्पतालमा रहेका सुत्केरी महिलालाई न्यानो कपडा तथा पौष्टिक आहार प्रदान गरेको हो ।

कार्यक्रममा प्रतिष्ठानकी संरक्षक पुनम कोइराला, प्रतिष्ठानका अध्यक्ष डा. नारायणकुमार, समाजसेवी ज्योती आचार्य, सावित्री पुरी लगायतको उपस्थितिमा न्यानो कपडा र प्रौष्टिक आहार प्रदान गरिएको थियो । कोइरालाको स्मृति दिवसका अवसरमा प्रतिष्ठानले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित खवर