सम्झौता अनुसार पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा

सम्झौता अनुसार पारिश्रमिक नदिएको भन्दै मनमोहन मेमोरियल अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा

सम्झौता गरेअनुसार बाँकी रहेको पारिश्रमिक नदिएको भन्दै काठमाडौंको स्वयम्भूस्थित मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू आन्दोलित भएका छन् ।

मनमोहन मेमोरियल अस्पतालले स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तीन महिनाभित्रै बाँकी रहेको सम्पूर्ण पारिश्रमिक भुक्तानी गर्ने सहमति गरेको थियो । सहमति गरेको तीन महिना बितिसक्दा पनि बाँकी रहेको पारिश्रमिक उपलब्ध नगराएको भन्दै अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरू धर्नामामा बसेर विरोध जनाएका हुन् ।

व्यवस्थापनले आफूहरूको कामको अवमूल्यन गरेको, यसअघि गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै शान्तिपूर्ण धर्नामा उत्रिएको मनमोहन मेमोरीयल अस्पताल, नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनका सचिव निर्मल पोखरेलले बताउनुभयो ।

आफूहरूको जायज माग सम्बोधन गर्न अविलम्ब वार्तामा बस्नुपर्ने उनीहरूको भनाइ छ । श्रमिकको माग पूरा गर्नुपर्ने, श्रमिक प्रतिनिधिसँग गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने तथा श्रमिकको रोजगारीको सुनिश्चितता गर्नुपर्नेलगायतको माग उनीहरूको छ ।

सम्बन्धित खवर