ग्रामथानमा निजी खर्चमा चौतारा निर्माण गरी समुदायलाई हस्तान्तरण

ग्रामथानमा निजी खर्चमा चौतारा निर्माण गरी समुदायलाई हस्तान्तरण

विराटनगर : मोरङको ग्रामथान गाउँपालिकाका एक समाजसेवीले निजी खर्चमा चौतारा निर्माण गरी समुदायलाई हस्तान्तरण गरेका छन् । ग्रामथान–५ का नेमनारायण चौधरीले स्थानिय मशानचोकमा चौतारा निर्माण गरेका हुन् ।

विराटनगर–विराटचोक फोरलेन सडक किनारमा चौधरीले १ लाख २५ हजारको लागतमा चौतारा निर्माण गरि समुदायलाई हस्तान्तरण गर्का हुन् । नवर्निमित चौताराको ग्रामथानमा रहेको एकता अपांग संघका अध्यक्ष जयराम विश्वासले उद्घाटन गरे ।

सो ठाँउमा विभिन्न क्षेत्रबाट आउने बसहरु विसाउने गरे पनि यात्रीहरु उभिने ठाउँ समेत नरहेकाले आफुले निजी लगानीमा चौतारा निर्माण गरी समुदायलाई हस्तान्तरण गरेको उनले बताए ।

आफ्नो छोरी निश्मा चौधरीको जन्म दिवसको अवसर पारेर चौतारा हस्तान्तरण गरिएको उहाँले बताए । यसअघि चौधरीले मशानचोकदेखि पूर्व–पश्चिम पर्ने बस्तीको बिचमा एक किलोमिटर क्षेत्रमा निजी खर्चमै ग्राभेल सडक निर्माण गरेको जनाइएको छ ।

 

सम्बन्धित खवर