दुहबीमा तेस्रो मेयरकप फुटबल प्रतियोगिता माघ १७ गतेदेखि हुने

दुहबीमा तेस्रो मेयरकप फुटबल प्रतियोगिता माघ १७ गतेदेखि हुने

दुहबी : दुहबीमा तेस्रो मेयरकप फुटबल प्रतियोगिता माघ १७ गतेदेखि हुने दुहबी नगरपालिकाले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

दुहबी नगरपालिकाको आयोजनामा हुने मेयरकपमा दुहबीका १२ वटा वडाका टोलीले प्रतिस्पर्धा गर्ने मेयरकपको संयोजन गर्ने एलेभेन एरोज क्लब दुहबीका अध्यक्ष दिपक राईले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा दुहबीका मेयर वेदनारायण गच्छदारले ग्रासरूट (भूईंतह) बाटै खेलाडी उत्पादन गरि छनोट गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले मेयरकपको आयोजना गरिएको बताउनुभयो ।

दुहबी–५ स्थित सरस्वती माबिको खेल मैदानमा हुने प्रतियोगितामा प्रथम हुने वडाले उपाधिसहित १ लाख १ हजार नगद र दोस्रो हुने टोलीले ५१ हजार नगद एवम् दुवैले शिल्ड पदकसमेत प्राप्त गर्नेछन् ।

सम्बन्धित खवर