ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक महिलाको मृत्यु, दुई गम्भीर घाइते

ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक महिलाको मृत्यु, दुई गम्भीर घाइते

इलाम : इलाम नगरपालिका– ९ स्थित मेची राजमार्गमा बुधबार अपरान्ह पौने ४ बजे ट्रकले मोटरसाइकललाई ठक्कर दिंदा एक महिलाको मृत्यु हुनुका साथै बालकसहित दुई गम्भीर घाइते भएका छन् ।

इलामबाट झापातर्फ झर्दै गरेको को १८ प ६९७ नम्बरको मोटरसाइकललाई पछाडिबाट आएको ना ३ ख २७३२ नम्बरको ट्रकले ठक्कर दिंदा सो दुर्घटना भएको हो ।

दुर्घटनामा मोटरसाइकल पछाडि सवार इलाम माइजोगमाई–३ की २८ वर्षीया सञ्जु आचार्यको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

प्रहरी नायव उपरीक्षक लालध्वज सुबेदीका अनुसार, गम्भीर घाइते मृतकका २ वर्षीय छोरा सरोज आचार्य र मोटरसाइकल चालक इलाम सूर्योदय–१० का ४२ वर्षीय उमेश शाहलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि झापा पठाइएको छ ।

दुर्घटनापछि ट्रक र पाँचथर हिलिहाङ– ७ का ३६ वर्षीय भवानीप्रसाद तिम्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सम्बन्धित खवर