‘सभापतिमा मेरो उम्मेदवारी कायमै’ : कांग्रेस नेतृ कोइराला

‘सभापतिमा मेरो उम्मेदवारी कायमै’ : कांग्रेस नेतृ कोइराला

विराटनगर : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी नेतृ तथा पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको बताउनु भएको छ । बुधवार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुरागर्दै कोइरालाले यस्तो बताउनु भएके हो । उहाँले उम्मेदवारी दिने अधिकार प्रयोग गर्ने बताउनुभयो ।

सभापतिको उम्मेदारीले कोइराला परिवारको एकतामा असर पर्दैन भन्ने पत्रकारहरुको जिज्ञासामा नेतृ कोइरालाले यसवाट कोइराला परिवारबीचको एकतामा असर नपर्ने दाबी गर्नुभयो । वर्तमान सरकार पूर्णरूपमा असफल भएको भन्दै कोइरालाले यसको विरुद्ध आवाज उठाउन जरुरी भएको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको विषय अदालतमा विचाराधिन रहेको बताउँदै नेतृ कोइरालाले अदालतको निर्णय संगै कांग्रेसले थप कदम चाल्नुपर्ने बताउनुभयो । निर्वाचन भए निर्वाचनमा होमिने नभए कांग्रेसले सोही समयको सदुपयोग गर्दै अधिवेशन गर्नुपर्ने नेतृ कोइरालाको भनाइ छ । उहाँले गुटगत राजनितिले देश बिग्रिएकाले आफु त्यसमा नलाग्नेसमेत प्रष्ट पार्नुभयो।

सम्बन्धित खवर