भुमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासको उचित व्यवस्थापन वर्तमान सरकारको प्रमुख कार्यभार

भुमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासको उचित व्यवस्थापन वर्तमान सरकारको प्रमुख कार्यभार

उदयपुर : उपप्रधानमन्त्री इश्वर पोखरेलले भुमिहिन, सुकुम्बासी र अव्यवस्थित बसोबासको उचित व्यवस्थापन वर्तमान सरकारको प्रमुख कार्यभार रहेको बताएकाछन् ।

सदियौदेखि जग्गा भोगचलन गर्दै आएपनि लालपुर्जा नपाएर सुकुम्बासी जीवन व्यति गर्दै आएका सबै नेपालीलाई लालपुर्जा हातहातमा पुर्याउने लक्ष्य सरकारको रहेको स्पष्ट पारे । नेपाल कम्युनिष्ट पार्टी उदयपुरले जिल्लाको प्रमुख व्यापारिक केन्द्र कटारीमा आयोजना गरेको वृहदजनसभामा बोल्दै पोखरेलले ७७ जिल्लामै अधिकार सम्पन्न आयोग गठन गर्ने गरी प्रकृया सुरु गरिएको बताए ।

उनले भने, ‘अव कोही नेपाली लालपुर्जा नपाएर बस्नु पर्ने छैन्, सधाका लागि समाधान हुने गरी कानुन कार्यविधी तयार पारी अधिकार सम्पन्न आयोग गठन गरिएको छ । उपप्रधानमन्त्री पोखरेलले सुखी र समृद्ध नेपाली वनाउने अभियानलाई सार्थक बनाउन विकासका लहर सूरु गरिएको दावि गरे ।

‘तराईका बीसभन्दा बढि जिल्लाका जनताको समृद्धीको चाहाना हुलाकी राजमार्ग दु्रतगतिमा अघि बढेको छ, उनले भने, बर्षौदेखि अल्झिएको यो मार्गलाई गतिशिल बनाउन यसैबर्ष चार अर्व बढि वजेट विनियोजन भई काम अघि बढेको छ ।यसकासाथै मदन भण्डारी राजमार्ग, पुर्वपश्चिम रेलमार्गका कामसमेत सरकारले प्राथामिकतामा राखेर अघि बढाएको दावि गरे ।

समृद्धी सपना देख्न नचाहने र विकासलाई सधै हावामा उढाउनेहरुका लागि चिन र भारत जोड्ने गरी छुट्टा–छुट्टै रेलमार्ग यहीँ सरकारले सुरु गर्ने उनले बताए । कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले सिद्धिचरण राजमार्गको मिर्चैया–कटारी–घुर्मि सडकको स्तरोन्नतीको माग गर्दै बुझाएको ज्ञापनपत्रमा उपप्रधानमन्त्री पोखरेलले रातोकितावमा परिसकेकाले अपुग रकम आगामी बर्ष सम्बोधन गरीने विश्वास व्यक्त गरे ।

पार्टी भित्रको विवादका बिषयमा नेकपाका सचिवालय सदस्यसमेत रहेका पोखरेलले कात्तिक २८ गते पार्टीको सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रथम अध्यक्ष केपी शर्मा ओलीविरुद्ध लगाएको आरोपपत्र फिर्ता र निर्वाचनलाई स्वीकार गरे पार्टी एकता हुन सक्ने संकेत गरे ।

उनले प्रचण्डले बैठकमा पेस गरेको अनैतिक, अलोकतान्त्रिक, संबिधानविरोध आरोपपत्र नै पार्टी विभाजनको मुख्य आधार भएकाले फिर्ता लिएमात्र एकताका लागि छलफल गर्न सकिने स्पष्ट पारे । उनले पार्टीका आफुनिकटका सांसदलाई विशेषअधिवेशनको माग गर्न लगाएर राष्ट्रपतिलाई महाअभियोग लगाउने र प्रधानमन्त्रीलाई अविश्वासको प्रस्ताव राखी निकाल्ने प्रचण्ड माधव नेपाल समुहको योजना थाहाभएरै संसद विगठन गर्नु परेको आरोप लगाए ।

उनले भने,‘केपी ओलीको नाम लिएर मत लिने अनि दुई वर्ष नबित्दै ओलीलाई हटाउन धक्का दिन थाल्ने, यो अनैतिक र अलोकतान्त्रिक कार्य हो ।’ निर्वाचन आयोगको फैसला नेकपाको फुटविरुद्ध रहेकाले प्रधानमन्त्री ओलीमाथिको आरोप पत्र फिर्ता लिएर निर्वाचनमा सहभागि हुन दाहाल र नेपाललाई उनले आग्रह गरे ।

महाधिवेशनसम्म सहमतिमै जाने निर्णय भएकाले सहमति विपरित वहुमत र अल्पमतको धम्मास दिएर प्रचण्ड र नेपालले पार्टी फुटाउन खोजेको आरोप लगाए । ‘जनता न्यायाधीश हुन्,जनताको बीचमा गएर जनादेश लिन के को अप्ठ्यारो’ पोखरेलले भने, ‘केपी ओलीलाई अनैतिक र अलोकतान्त्रिक तरिकाले धक्का दिएर पार्टी अध्यक्षबाट हटाउने षडयन्त्र सफल हुन दिँदैनौं ।’

सूर्य चिन्ह केपी ओलीले नेतृत्व गरेको पार्टीसँग मात्र रहने बताउँदै उपप्रधानमन्त्री पोखरेलले भने, ‘निर्वाचन आयोगले अध्यक्ष र महासचिब चिन्ने हो, चित्त नबुझे अलग भएर जुन पार्टी र जुन चुनाव चिन्ह लिए पनि हुन्छ । उपप्रधानमन्त्री पोखरेलले कोरोनाविरुद्ध तयार पारिएको भ्याक्सिन बुधबारबाट निशुल्क लगाउन सुरु गरिएकाले सबैलाई सहभागि हुन आह्वान गरे ।

सभालाई नेकपाका केन्द्रिय सदस्यहरु मणिराज पौड्ेल, बेदप्रसाद पोखरेल, बिमल कार्की, पदम राई, अम्बिका थापा, शैलेश लामा, कला घले, ज्ञानेन्द्र श्रेष्ठ, भिमकुमारी राउत, जिल्ला अध्यक्ष परमेश्वर घिमिरे लगायतले सम्बोधन गरेका थिए । झण्डै पाँच हजार कार्यकर्ता सहभागि रहेको कार्यक्रममा राष्ट्रिय कलाकार अमृत खाती, अमृता मगर, अंजली अधिकारी लगायतका कलाकारहरुले विच विचमा मनोरंजन दिएका थिए ।

सम्बन्धित खवर