मतदाता नामावली अद्यावधिकको काम आजबाट सुरु

मतदाता नामावली अद्यावधिकको काम आजबाट सुरु

पथरी, मोरङको पथरी शनिश्चरेमा पनि मतदाता नामावली अद्यावधिक गर्ने काम आजबाट सुरु भएको छ ।

नगर प्रमुख एवम् नगरपालिकाको मतदाता नामावली अद्यावधिक सम्बन्धी स्थानीय सहयोग समन्वय समितिका संयोजक दिलीपकुमार राईको अध्यक्षतामा बसेको समितिको हिजोको बैठकले निर्वाचन आयोगले तोके बमोजिम आजबाट मतदाता नामावली अद्यावधिक गर्ने विषयमा छलफल गरी निर्णय गरेको हो ।

वडाध्यक्ष, दलहरुका प्रतिनिधि, सुरक्षाकर्मी समेत सदस्य रहेको समितिको बैठकले आज नगरपालिका कार्यालय र वडा कार्यालयहरुको सूचना पाटीमा कार्यक्रमको सूचना तथा मतदाता नामावली प्रकाशन गर्ने तथा त्यसको प्रचार प्रसार गर्ने निर्णय गरेको छ । माघ १६ गतेदेखि १८ गतेसम्म मतदाता नामावलीमा त्रुटी सच्याउन नगरमा रहेको सहायक नाम दर्ता अधिकारी समक्ष निवेदन दिने कार्यक्रम रहने छ । सो अवधिमा कसैको नामावली झुट्टा भए सो को विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एक भन्दा बढी स्थानमा भए एकस्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका र नागरिकता त्यागेकाहरुको मतदाता नामावलीबाट नाम हटाउनका लागि सूचना दिने काम हुनेछन् ।

१८ देखि २० गतेसम्ममा त्रुटी सच्याउन, एकभन्दा बढी ठाउँमा नामावली भए एक ठाउँको हटाउन, मृत्यु भएका र बसाई सरी गएका, नागरिकता त्यागेकाहरुका सम्बन्धमा जाँचबुझ गरी प्रमुख नाम दर्ता अधिकारी समक्ष पेश गर्ने कार्यक्रम रहेको छ ।

सम्बन्धित खवर