नेकपाबारे निर्वाचन आयोगले गरेको पछिल्लो निर्णय स्वागत योग्य : अर्थमन्त्री पौडेल

नेकपाबारे निर्वाचन आयोगले गरेको पछिल्लो निर्णय स्वागत योग्य : अर्थमन्त्री पौडेल

काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपाबारे निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयको स्वागत गर्नुभएको छ । ओली समूहनिकट प्रेस संगठन नेपालले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बैठकका नाममा गरिएका कथित निर्णयलाई खारेज गरेको बताउनुभएको हो ।

‘निर्वाचन आयोगको पछिल्लो निर्णयको विषयमा यहाँहरूले रंङ्गीबिरङ्गी प्रतिक्रियाहरू सुन्नु भएको छ,’ महासचिव पौडेलले भन्नुभयो, ‘अनधिकृत रुपमा बैठकका नाममा गरिएका कथित निर्णयहरूलाई गलत ठहर गरिदिएको छ ।’ ओली समूहले नेकपामा १०५६ केन्द्रीय सदस्य थप्ने, विधान संशोधन गर्ने, नारायणकाजी श्रेष्ठलाई हटाएर प्रदीप ज्ञवालीलाई प्रवक्ता तोक्नेलगायत निर्णय गरेको थियो ।

आयोगले यि सबै निर्णयलाई अवैध घोषणा गरे लगत्तै पौडेलले त्यसको स्वागत गर्नुभएको हो । उहाँले थप्नुभयो, ‘वास्तवमा पार्टी वैधानिक प्रबन्ध अन्तर्गत चल्छ । विधान, दलसम्बन्धी कानुन र संविधान अनुसार चल्छ भन्ने निर्वाचन आयोगले स्पष्ट गरिदिएको छ ।’

सम्बन्धित खवर