विराटनगरबाट अवैध कुखुरा बराबद

विराटनगरबाट अवैध कुखुरा बराबद

विराटनगर : विराटनगरको रोडषेश चोकबाट प्रहरीले ठुलो परिमाणमा अवैध कुखुरा बराबद गरेको छ । विराटनगर–१२ स्थित रोडशेष चोकबाट भारतको जोगवनीबाट नेपालतर्फ अवैधरुपमा ल्याउँदै गरेको ठुलो परिमाणमा बोइलर कुखुरा प्रहरीले बरामद गरेको हो ।

प्रदेश १–०४००१ च ००४६ नं. को पिकअप भ्यानमा राखी ल्याउँदै गरेको ७ सय ५० केजी बोइलर कुखुरा प्रहरीले बरामद गरेको हो । कटहरी गाउँपालिका–५ का २८ को किरन कुमार सरदारले अन्दाजी ७५० केजी २ लाख २५ हजार बराबरको बोईलर कुखुरा ल्याउदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

बरामद गरिएको कुखुरा पशुक्वारेन्टाईन मोरङका प्रतिनिधी, स्थानिय मानिस तथा प्रहरीको रोहवरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । कुखुरा ल्याउन प्रयोग भएको सवारी साधन सहित मानिस आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय रानी, विराटनगरमा बुझाईएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर