कोभिड विरुद्धको खोप सबै नेपालीले नि शुल्क पाउने : प्रधानमन्त्री

कोभिड विरुद्धको खोप सबै नेपालीले नि शुल्क पाउने : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड विरुद्धको खोप सबै नेपालीले नि:शुल्क पाउने बताउनुभएके छ ।

खोप अभियान शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सबैलाई नि:शुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाउनु भएको हो ‌। ‘सबै नेपालीलाई खोप निस्शुल्क हुन्छ र प्राथमिकताका आधारमा सबैलाई दिइन्छ, यसमा तपाईँ सबै निश्चिन्त हुनुहोस्,’ प्रधानमन्त्री ओलीले भन्नुभयो।

उहाँले १० लाख डोज अनुदानमा खोप उपलब्ध गराएकोमा भारत सरकारलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले अहिले खोप लिएकाहरूले २८ दिनपछि खोपको दोस्रो डोज लिनुपर्ने भन्दै त्यसलाई व्यवस्थित ढंगले सञ्चालन गर्न निर्देशन दिनुभयो।

विश्वव्यापी महामारीको रूप लिएको कोरोनाले शक्तिशाली राष्ट्रहरूलाई समेत अफ्ठेरो पारेको भन्दै नेपालले भने डटेर सामना गरेको प्रधानमन्त्री ओलीले दावी गर्नुभयो।

उहाँले कोभिड विरुद्ध खटिने स्वास्थ्यकर्मीहरूलाई धन्यवाद र मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो‌।

सम्बन्धित खवर