झापाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ

झापाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ

विराटनगर : झापा शिबसताक्षी–११ स्थित राजमार्गमाबाट प्रतिबन्धित लागुऔषध सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा दमक–८ का २५ बर्षीय सत बहादुर देवान र सोही स्थानका ३२ बर्षीय दिलिप महत रहेका छन ।

टेम्पोमा सवार गरी आएका उनिहरुलाई सोमबार राती साढे ८ बजे ईलाका प्रहरी कार्यालय झिलझिलेबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

नियन्त्रण लिएर उनिहरु उपर चेकजाँच गर्दा डाईजेपाम ५८ एम्पुल, बुफ्रेनोर्फिन ५७ एम्पुल र प्रोमेथोजाईन ५८ एम्पुल लागुऔषध फेला पारी बरामद गरिएको हो । पक्राउ परेका दुबै जना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईऐको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।

सम्बन्धित खवर