चितवनमा स्कुलबसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

चितवनमा स्कुलबसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

चितवन : चितवनको रत्ननगर नगरपालिका १० मा स्कुलबसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको ज्यान गएको छ ।

सनराइज विद्यालयको बा २ ख ५६७४ नम्बरको बसले बा ९२ प ५३०४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सोलुखुम्बुका २४ वर्षका अनिल मगर र मोटरसाइकलको पछाडि बस्ने सुनसरी घर भएका गौरव राईको ज्यान गएको प्रहरीले जनाएको छ ।

उहाँहरुको पुरानो मेडिकल कलेज भरतपुर उपचारका क्रममा बिहान सवा ९ बजे ज्यान गएको हो ।

सम्बन्धित खवर