केपी ओली नेतृत्वको नेकपाले नै आधिकारिकता पाउँछ : गृहमन्त्री बादल

केपी ओली नेतृत्वको नेकपाले नै आधिकारिकता पाउँछ : गृहमन्त्री बादल

कालीकोट : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य रामवहादुर थापा वादलले सडकमा जतिसुकै चित्कार र तमासा गरेपनि केपी शर्मा ओली नेतृत्वको नेकपाले नै आधिकारिकता पाउने प्रष्ट पार्नुभएको छ । ओली नेतृत्वको नेकपाले कालिकोटमा आज आयोजना गरेको जनसभालाई सम्वोधन गदै गृहमन्त्रीसमेत रहनुभएका नेता थापाले ओली नेतृत्वको पार्टी नै आधिकारिक रहेको भन्दै सूर्य चिन्ह पनि आफूहरुले नै पाउने ठोकुवा गर्नुभयो ।

गृहमन्त्री थापाले अध्यक्षमा हारेका, राष्ट्रपति हुन नपाएका र प्रधानमन्त्री हुन नपाएर छटपटाएका अवसरवादीहरुका कारणले नेकपा दुई भागमा बिभाजन भएपनि बिभाजनकारीको सपना पूरा हुन नदिने बताउनु भयो । ‘पार्टी अध्यक्षमा चुनाव हारेका, राष्ट्रपति र प्रधानमन्त्रीका लागि छटपटाइरहेका अवसरवादी र बिभाजनकारीहरुको सपना पूरा हुन्न, त्यो सपना पूरा गर्नका लागि जनतावाट निवार्चित भएर आउने अवसर सरकारले दिएको छ,’ थापाले भन्नुभयो ।

प्रधानमन्त्री हुन खोज्ने राष्ट्रपति हुन खोज्ने प्रचण्ड, माधव र झलनाथहरुलाई ताजा जनादेश ल्याएर हौ भनेर अवसर दिएको भन्दै उहाँले चुनावमा भाग लिन तयार हुन सुझाउनु भयो । थापाले प्रचण्ड–माधवहरु एकताको बिपक्षमा लागेर पहिलो वरियताका अध्यक्ष केपी शर्मा ओलीलाई बिभिन्न आरोप लगाएको कारणले आफूले युद्धकालिन सहयात्रीलाई छोडेको घोषणा गर्नुभयो । उहाँले चुनावबाट अवसरवादीलई ठेगान लगाउनै पर्ने भन्दै ढुक्क भएर निर्वाचनको तयारीमा लाग्न र जनतालाई तथ्य बताउन नेता कार्यकर्तालाई आग्रह पनि गर्नुभयो ।

‘अदालतको फैसला आउदै गर्ला तर अवसरवादीलाई तह लगाउन चुनावको अभियानमा लाग्ननोस’ थापाले भन्नुभयो । अदालतको फैसला ढिलो आएमा मात्र निर्वाचन केही समय पर सर्न सक्ने भन्दै गृहमन्त्री थापाले चुनाव हुँदैन कि भनेर शंका गर्ने कुनै पनि ठाउँ नभएको वताउनुभयो । सरकारले समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई निरन्तर अगाडि वढाएको भन्दै आगामी निर्वाचनमा बहुमत दिएर साथ दिन पनि उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपाका सहइन्चार्ज तथा यमलाल कँडेलले संबिधान मरेको भन्दै भाषण गर्ने कर्णालीका मुख्यमन्त्री महेन्द्रवहादुर शाही, प्रचण्ड–माधव समुहमा रहेका स्थानीय तहका जिम्मेवार प्राप्त ब्यक्ति वोल्दै गएको भन्दै नैतिक रुपमा मरेको संबिधानलाई प्रयोग गरेर पदमा वस्ने अधिकार नभएको वताउनुभयो । संबिधान मर्यो भनेर वोल्नु हुन्छ तर उही संबिधानले दिएको अधिकार प्रयोग गरेर पदमा वस्नु भएको छ । त्यो अधिकार उहाँहरुलाई छैन,’ नेता कँडेलले भन्नुभयो ।

उहाँले सडकमा अराजकता मच्चाउने काम नरोके सुरक्षाको हिसावले पनि प्रदेशका मुख्यमन्त्रीलगायतका अराजक समुहको गाडी खोस्न संघीय सरकार वाध्य हुने चेतावनीसमेत दिनुभयो ।

सम्बन्धित खवर