रतुवामाईमा विभिन्न पार्टी परित्याग गरी नेकपा ओली समूहमा ३३ जना प्रबेश

रतुवामाईमा विभिन्न पार्टी परित्याग गरी नेकपा ओली समूहमा ३३ जना प्रबेश

 

इटहरा, माघ १२ । मोरङको रतुवामाई नगरपालिका वडा नम्बर १ सोनापुरमा विभिन्न पार्टी परित्याग गरी केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा ३३ जना प्रबेश गरेका छन् ।

सोनापुरमा आइतबार रतुवामाई नगरपालिकाकी उपप्रमुख दमन्तादेवी चुडाल र नेकपा मोरङ जिल्ला कमिटी सदस्य नन्दकुमार चापागाई (गोपी) को रोहबरमा नेपाली काङ्ग्रेस र समाजवादी पार्टी परित्याग गरी उनीहरु प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा प्रबेश गरेका हुन् ।

रतुवामाई १ का मेघराज पण्डित, भीमलाल आमत्य, बलराम पंडित, अशोककुमार आमत्य, मनोज यादव, मनोहर यादव, गणेशलाल मण्डल लगायतका ३३ जना प्रबेश गरेका हुन् ।

सम्बन्धित खवर