पथरी, इन्द्र कमल बास्कोटा प्रतिष्ठानले मोरङको पथरी शनिश्चरे ३ मा रहेको जनता मा.वि.का विद्यार्थीलाई न्यानो कपडा बितरण गरेको छ ।
सोही वडामा रहेको प्रतिष्ठानले जाडो याम छल्नका लागि विद्यार्थीहरुलाई आइतबार ९० थान स्वीटर बितरण गरेको हो । इन्द्रमाया र कमल प्रसाद बास्कोटाका सबै सन्तानहरुले शिक्षा आर्जन गरेको जनतामा प्रतिष्ठानले विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । बास्कोटा दम्पतीको उपस्थितीमा न्यानो कपडा वितरण गरिएको यो तेस्रो पटक हो ।
इन्द्र कमलका पहिलो सन्तान अमेरिका निवासी लिलानाथ र बुहारी कमला बास्कोटाको सहयोगमा यो कार्यक्रम सम्पन्न भएको विद्यालय व्यवस्थापन समिति सदस्य सनम चौहानले बताउनुभयो ।
लक्षित समुदायमा आश्रित विद्यार्थीलाई सहयोग गर्ने वार्षिक कार्यक्रमक रहेको छ । सो को अतिरिक्त आम्दानीको २५ प्रतिशत साँवा पूंजीमा जम्मा हुने र ७५ प्रतिशत लक्षित विद्यार्थीको नियमित पढाइलेखाइमा सहयोग पुग्ने गरि गत आर्थिक वर्षमा १ लाख रूपैयाँको इन्द्र–कमल अक्षयकोष खडा गरिएको जनता माविका पूर्व विद्यार्थी, प्रतिष्ठानका सल्लाहकार, इन्द्र–कमलका माइला छोरा युवराज बास्कोटाले बताउनुभयो ।