हामी अविश्वासको प्रस्तावको पक्षमा छौ : वरिष्ठ नेता पौडेल

हामी अविश्वासको प्रस्तावको पक्षमा छौ : वरिष्ठ नेता पौडेल

विराटनगर : प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पार्टी सरकारको विरोधमा रहेकाले प्रदेश सभामा परेका अविश्वासको प्रस्तावको पक्षमा रहेको बताउनुभएको छ । मोरङको विराटनगरमा पत्रकारसँग बोल्दै नेता पौडेलले यस्तो बताउनुभएको हो।

नेता पौडेलले केन्द्रमा पनि कांग्रेसको छाँया सरकार रहेको भन्दै आफूहरु अहिलेको सत्ताको विरोधमा रहेको र सत्तालाई सहयोग नगर्ने बताउनुभयो । अविश्वासको प्रस्तावमा आफूहरु सत्ताको विपक्षमा रहने उहाँले बताउनुभयो ।

कांग्रेसको केन्द्रमा विभाजित नेकपाको कुन समूहलाई प्रदेशमा सहयोग गर्ने भन्ने निर्णय नभएपनि नेता पौडेलले प्रस्तावको पक्षमा रहेको बताउनुभयो । यससँगै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको पद थप संकटमा पर्ने देखिएको छ ।

सम्बन्धित खवर