लेटाङमा बुलेरो दुर्घटना : एक जनाको मृत्यु, १६ जना घाइते

लेटाङमा बुलेरो दुर्घटना : एक जनाको मृत्यु, १६ जना घाइते

लेटाङ : मोरङको लेटाङमा बुलेरो पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १६ जना घाइते भएका छन् । शुक्रबार बेलुका लेटाङ नगरपालिका– १ अधेरी स्थित भित्री कच्चीसडक खण्डमा लेटाङबाट कुवापानीतर्फ जादै गरेको को १ ज ३२६२ नम्बरको बोलेरो पिकअप अनियन्त्रित भई दुर्घटना भएको थियो । सडकबाट करिब तीन सय मिटर तल खसेको बुलेरोमा १७ जना सवार थिए ।

दुर्घटनामा मोरङको लेटाङ नगरपालिका– १ का ५९ वर्षीय नैनकुमार तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भिर अवस्थामा विराट नर्सिङहोम विराटनगरमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

दुर्घटनामा ५४ वर्षीय सन्चुमाया राई गम्भिर घाइते भएकी छन् । उनको बिराटनर्सिङहोममा उपचार भइरहेको छ । त्यस्तै अनिता तामाङ, दिपकबहादुर, अर्जुन तामाङ, अस्तिमा मगर, सन्देश राई, मनमाया मगर, जुनु लिम्बु, सनमाया मगर, सुजता मगर, सुन्दर राई, सरिमाया मगर, डिल्लीमाया मगर, सृष्टी मगर, शेरबहादुर मगर,, प्रज्वल राई घाइते भएका छन् । घाइतेको विराट नर्सिङहोम र शुभकामना हेल्थ केयर सेन्टरउपचार भईरहेको छ ।

सम्बन्धित खवर