कांग्रेसको वडावडामा विरोध प्रदर्शन

कांग्रेसको वडावडामा विरोध प्रदर्शन

पोखरा : प्रतिनिधिसभा पुर्नस्थापना एजेण्डा नबनाए पनि प्रमुख प्रतिपक्षी दल कांग्रेसले आज विरोधको दोस्रो चरण अन्तर्गत देशभरका वडाहरुमा प्रदर्शन गर्यो।

कांग्रेसले  आज देशभरका ६ हजार ७४३ वडामा विरोध प्रदर्शन गरेको छ । प्रतिनिधिसभा विघटन असंवैधानिक कदम भएको भन्दै नेपाली कांग्रेस भरतपोखरी ईकाइ विरोधमा उत्रिएको छ।

कांग्रेसको केन्द्रीय नीति अनुरुप बिहीबार प्रत्येक स्थानीय तहमा भएको विरोधसभा अन्तर्गत पोखरा ३३ लाई संवोधन गर्दै महाधिवेशन प्रतिनिधि  निर्दोषिले जनताका गाली खाएर भए पनि नेपाली कांग्रेसले सरकारको हरेक राम्रा काममा सहयोग र समर्थन गरेको र सरकारले कांग्रेसको यो नीतिलाई कमजोरीको रुपमा लिएर देशलाई दुर्घटनातर्फ धकेलेको र सरकारले विकासको नाममा मोजमस्ती र देश लुट्ने कामबाहेक केही नगरेको  महाधिवेशन प्रतिनिधि श्री केशर प्रसाद निर्दोषिले बताउनुभयो ।

सरकारको असंवैधानिक कदमका विरोध गर्नुका साथै जनताले आफ्नो मतद्वारा राखेको ठुलो आशा र भरोसालाई सरकारले निराशामा बदल्दिएको र नारामा भ्रष्टाचारमा सुन्य सहनशीलता बताए पनि व्यवहार ठिक विपरीत भएको । भ्रष्टचारीलाइ कारवाहीको साटो झन् प्रोत्साहन गरेको र बलत्कारीलाई काखी च्याप्ने काम गरेको । महिला हिंसामा सरकार मुक दर्शक बनेको नेपाली कांग्रेस भरतपोखरी ईकाइका  सह-सभापति दिनेश आचार्यले बताउनुभयो ।

सम्बन्धित खवर