जहदाको मझारे प्रहरी चौकीमा नँया भवन निर्माण

जहदाको मझारे प्रहरी चौकीमा नँया भवन निर्माण

विराटनगर: जहदा गाँउपालिका ५ स्थित मझारे प्रहरी चौकीमा नँया भवन निर्माण गरिएको छ । सो चौकीमा भान्सा कोठा र खानाखाने हल निर्माण गरिएको हो । जहदा गाँउपालिकाको ५ लाख बजेटबाट चौकीमा भन्सा कोठा तथा खानाखाने हल निर्माण गरिएको प्रहरीचौकी मझारेका इन्जार्च रामकुमार माझीले जानकारी दिनुभयो ।

गाँउपालिकाको ५ लाख सहित स्थानिय समाजसेवीहरुको सहयोगबाट झण्डै ७ लाखको लागतमा हल निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो । नवनिर्मित भवनको जहदा गाँउपालिकाका प्रमुख कैलाशप्रसाद मण्डल,उपप्रमुख शालोदेवी साह र मोरङका प्रहरी प्रमुख एसपी सन्तोष ख्डकाले उदघाटन गर्नुभयो ।

सो अवसरमा बोल्दै गाँउपालिका अध्यक्ष मण्डलले आगामी दिनमा प्रहरीचौकीमा ब्यारेकको स्तरोन्नती र नयाँ भवन निर्माणकालागि समेत पहल गर्ने प्रतिबद्धता गर्नुभयो । यसैगरि उपप्रमुख साहले जहदा भारतसंग जोडिएको गाँउपालिका रहेकाले त्यसक्षेत्रको सुरक्षा थप सुदृढ गरेर लैजानुपर्ने बताउनुभयो ।

जिल्ला प्रहरी प्रमुख खड्काले पछिल्लो समय आर्थिक अपराध बढदै गएको सन्दर्भमा समुदायको सहयोगमा त्यस्ता कार्यलाई निरुत्साहित गर्नुपर्ने बताउनुभयो । उहाँले समृद्ध राष्ट्र निर्माण र बिकासकालागि शान्तिसुरक्षा अपरिहार्य रहेकाले प्रहरी कर्मचारीहरुले थप गुणस्तरीय सेवा प्रवाह गर्न निर्देशन समेत दिनुभयो ।

सम्बन्धित खवर