पुलिसले सुदूरपश्चिमलाई ९ विकेटले हरायो, प्रदेश एक आर्मीसँग ४ विकेटले पराजित

पुलिसले सुदूरपश्चिमलाई ९ विकेटले हरायो, प्रदेश एक आर्मीसँग ४ विकेटले पराजित

काठमाण्डौ : प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशलाई नौ विकेटले हराएको छ ।

कीर्तिपुर मैदानमा सुदूरपश्चिमले दिएको एक सय ११ रनको लक्ष्य पुलिसले १७ ओभरमा मात्रै एक विकेट गुमाएर पूरा गर्‍यो । पुलिसका लागि सुनिल धमलाले ५३ र कुशल भुर्तेलले ५१ रन बनाए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ३३ ओभर एक बलमा अलआउट हुँदै जम्मा एक सय १० रन मात्रै बनाउन सक्यो । सुदूरपश्चिमका लागि खडक बोहोराले सबैभन्दा धेरै ४० रन र सन्जु धामीले ३५ रन बनाए । पुलिसका दिपेन्द्र सिंह ऐरी र सागर ढकालले समान चार–चार विकेट लिए ।

प्रतियोगितामा पहिलो खेल हारेको पुलिसले बुधबार (आज) दोस्रो खेलमा भने जित निकालेको हो ।

यस्तै आजै भएको अर्को खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश नम्बर एकलाई चार विकेटले हराएको छ ।

कीर्तिपुर मैदानमा प्रदेश एकले दिएको एक सय ३२ रनको लक्ष्य आर्मीले २९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । आर्मीका लागि रोहित पौडेलले ३६ रन बनाए भने भीम सार्कीले २९ र राजेश पुलामीले अविजत २४ रनको योगदान गरे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले ४० ओभर एक बलमा अलआउट हुँदै एक सय ३१ रन मात्रै बनाउन सक्यो । उसका लागि विवेक मेहताले ५० र फिर्दोश अन्सारीले ३२ रन बनाए ।

आर्मीका लागि शाहब आलमले चार र आकाश चन्दले तीन विकेट लिए ।

सम्बन्धित खवर