रतुवामाईमा प्रचण्ड-माधव समूहको युवा संघ गठन, अध्यक्षमा निलम खड्का

रतुवामाईमा प्रचण्ड-माधव समूहको युवा संघ गठन, अध्यक्षमा निलम खड्का

मोरङको रतुवामाई नगरपालिकामा प्रचण्ड-माधव समूहको राष्ट्रिय युवा संघ नेपाल गठन भएको छ । युवा संघ रतुवामाईको अध्यक्षमा निलम खड्का रहनुभएको छ ।

मंगलबार भएको यूवाहरुको भेलाले संघको उपाध्यक्षमा नेत्रप्रसाद सिवाकोटी, मनोज उप्रेती, र खगेन्द्र श्रेष्ठलाई मनोनयन गरेको छ । यस्तै सचिबमा महेश हस्दा, सह–सचिब दुर्गाप्रसाद गौतम, चन्दन शर्मा र कोषाध्यक्षमा रन्जना बुढाथोकी रहनुभएको छ । उक्त समितिमा ७५ सदस्य रहेका छन् ।

कार्यक्रमको प्रमुख अतिथि नेकपा केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य गोपी बहादुर अछामी रहनुभएको थियो । उहाँले कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरि प्रतिनिधी सभा विघटन गरेको असंवैधानिक र प्रतिगमन कदम भएकोले पुनःस्थापना गर्नुपर्ने माग राख्नुभयो ।

कार्यक्रममा नेकपा मोरङ संघर्ष समितिका संयोजक गणेश उप्रेती (सुशिल), राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सस्य इश्वरी आचार्य, नेकपाको प्रदेश कमिटि सदस्य चन्द्रबीर राई, जिल्ला सचिवालय सदस्यहरू प्रकाश पौडेल, सुमन कालिकोटे, जिल्ला सदस्यहरु मेघराज कट्टेल, दुर्गा विष्ट, नगरअध्यक्ष शिवनारयण राजवंशी, सचिब पुष्प कार्की र युवा समाजसेवी विश्वनाथ रायको सहभागिता थियो ।

सम्बन्धित खवर