प्रचण्ड-माधव समूहको प्रदेशसभा १ को संसदीय दलको बैठकमा ३३ संसद सहभागी

प्रचण्ड-माधव समूहको प्रदेशसभा १ को संसदीय दलको बैठकमा ३३ संसद सहभागी

नेकपा प्रचण्ड-माधव समूहको प्रदेशसभा १ को संसदीय दलको बैठकमा ३३ संसद सहभागी भएका छन् । होटल एसियाटिकमा भएको बैठकमा ३३ जना सांसदहरु उपस्थित भएका हुन ।

प्रदेशसभाका ९३ सदस्यमध्ये नेपाल कम्युनिस्ट पार्टीका ६७ जना सांसद छन् । ६७ मध्ये प्रचण्डमाधव समूहको बैठकमा ३३ जना सहभागी भएका हुन् । प्रचण्ड माधव समूहले आफूहरुलाई ४५ सांसदको समर्थन रहेको दावी गर्दै आएको छ ।

प्रचण्ड माधव समूहले प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका छन् । अविश्वास प्रस्तावमा ३७ जनाले हस्ताक्षर गरेकामा ५ जनाले फिर्ता लिइसकेका कारण यो समूह दबाबमा छ ।

मंगलबार नै प्रदेशसभामा कांग्रेस संसदीय दलको बैठक बसेपनि बैठक विना निष्कर्ष टुंगिएको छ ।

सम्बन्धित खवर