फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु

फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको मृत्यु

काठमाण्डौ : भारतको गुजरातमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १५ जनाको ज्यान गएको छ ।

दुर्घटनामा १२ जनाको घटनास्थलमै र तीन जनाको अस्पतालमा उपचार क्रममा ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरीकाअनुसार ज्यान गुमाउने सबै मजदुर राजस्थानको बांसवाडा जिल्लाका हुन् । दुर्घटनामा पाँच जना गम्भीर घाइते भएका छन् ।

उखु लोड गरेको ट्र्याक्टरसँग ठोक्किएर ट्रक अनियन्त्रित भएको भारतीय प्रहरीले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा ज्यान गुमाएकाका परिवारलाई प्रधानमन्त्री राहत कोषबाट दुई/दुई लाख भारतीय रुपैयाँ सहयोग गर्ने घोषणा गर्नु भएको छ । यस्तै, गुजरातका मुख्यमन्त्री विजय रुपाणिले पनि पीडित परिवारलाई दुई/दुई लाख रुपैयाँ दिने बताउनु भएको छ ।

सम्बन्धित खवर