पथरी, हेफर नेपालको सहयोगमा अभियान नेपालले मोरङको पथरी शनिश्चरे नगरमा संचालित परियोजनाको अनुगमन तथा समन्वय समितिको समीक्षा बैठक आज सम्पन्न गरेको छ ।
नगर प्रमुख एवम सो परियोजना अनुगमन तथा समन्वय समिति संयोजक दिलीपकुमार राइको अध्यक्षतामा भएको बैठकमा अभियान नेपालका अध्यक्ष प्रेम गिरी, हेफरका दिपेश गौतम र हेम श्रेष्ठले परियोजनाका गतिविधिका बारेमा जानकारी गराउनु भयो । नगरको वडा नम्बर २,३ र ६ मा पशु बस्तुको मूल्य सृङ्खलामा आधारित साना किसानहरुको सबलिकरण परियोजना थालिएको छ ।