झलनाथ खनालद्वारा ९ गते काठमाडौंलाई अस्तव्यस्त बनाउन विद्यार्थी नेताहरुलाई निर्देशन

झलनाथ खनालद्वारा ९ गते काठमाडौंलाई अस्तव्यस्त बनाउन विद्यार्थी नेताहरुलाई निर्देशन

काठमाडौं : पूर्वप्रधानमन्त्री तथा राजनीतिक रुपमा विभाजित नेकपाको प्रचण्डमाधव समूहका वरिष्ठ नेता झलनाथ खनालले माघ ९ गते काठमाडौं उपत्यकालाई अस्तव्यस्त बनाउन विद्यार्थी नेताहरुलाई निर्देशन दिनुभएको छ ।

अनेरास्ववियू प्रचण्डमाधव पक्षको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै नेता खनालले पार्टीले घोषणा गरेको विरोध प्रदर्शनमा व्यापक जनसहभागिताको आह्वान गर्दै माघ ९ गतेको विरोध प्रदर्शनले काठमाडौैं उपत्यका अस्तव्यस्त बनाउन निर्देशन दिनुभएको हो।

संविधानले प्रधानमन्त्री ओलीलाई संसद विघटन गराउने अधिकार नदिएको भन्दै नेता खनालले दल फुटाउन पनि अ‍ोलीले नसक्ने बताउनुभयो । आफुहरु आधिकारिक भएको भन्दै उहाँले ओली प्रतिगामी र मण्डले प्रवृत्तिका झुण्डको नेता भएको बताउनुभयो ।

सम्बन्धित खवर