पोखरा–बाग्लुङ राजमार्गमा जिप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु

पोखरा–बाग्लुङ राजमार्गमा जिप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु

काठमाडौं : पोखरा–बाग्लुङ राजमार्गमा शनिबार साँझ भएको जिप दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।

दुर्घटनामा पोखरा महानगरपालिका–१० बस्ने ५० वर्षीय प्रकाश पुन र ५२ वर्षीय चित्र पुनको उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा नौ जना सवार रहेकामा घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पोखराबजारतर्फ आउँदै गरेको बा २ च ७४१० नम्बरको जीप राजमार्गको याम्दीमा सडकमा अनियन्त्रित भएर दुर्घटनामा परेको थियो ।

सम्बन्धित खवर