निर्वाचन आयोगले विभिन्न राजनीतिक दलसँग आज छलफल गर्दै

निर्वाचन आयोगले विभिन्न राजनीतिक दलसँग आज छलफल गर्दै

काठमाडौं : निर्वाचन आयोगले आगामी बैशाखमा हुने भनिएको निर्वाचन बारे विभिन्न राजनीतिक दलसँग आज छलफल गर्दैछ ।

संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरूलाई छलफलका लागि आयोगले कान्तिपथस्थित आफ्नै कार्यालयमा बोलाएको छ ।

आगामी वैशाखमा हुने भनिएको निर्वाचनबारे छलफल गर्न दलहरूलाई बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् ।

मतदान केन्द्र र मतदान स्थल, मतदाता नामावली अद्यावधिक लगायत विषयमा दलहरूसँग आयोगले छलफल गर्न लागेको हो ।

सम्बन्धित खवर