प्रधानमन्त्री कप : साविक विजेता पुलिस पहिलो खेलमा वाग्मती प्रदेशसँग पराजित

प्रधानमन्त्री कप : साविक विजेता पुलिस पहिलो खेलमा वाग्मती प्रदेशसँग पराजित

काठमाण्डौ : प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको साविक विजेता नेपाल पुलिस क्लब पहिलो खेलमा पराजित भएको छ । पुलिसलाई वाग्मती प्रदेशले सात विकेटले हराएको हो ।

कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिस २९ ओभर तीन बलमा एक सय ११ रनमा अलआउट भयो । पुलिसका लागि सुनील धमला र कुशल भुर्तेलले समान १७/१७ रन जोडे । त्यस्तै दिपेन्द्रसिंह ऐरी र आरिफ शेखले पनि समान २१/२१ रन बनाए । अरू खेलाडीले भने दोहोरो अङ्क जोड्न सकेनन् ।

वाग्मतीका तिलक भण्डारी र नन्दन यादवले चाररचार तथा रामनरेश गिरीले दुई विकेट लिए ।

जितका लागि एक सय १२ रनको लक्ष्य पाएको वाग्मतीले ३४ ओभर ४ बलमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो । उसका पृथु बाँस्कोटाले ४८ र इशान पाण्डेले अविजित १७ रन बनाए ।

बलिङतर्फ पुलिसका लागि दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले एक/एक विकेट लिए ।

सम्बन्धित खवर