अाेलीकाे असम्बैधानिक कदम सच्याउ भनेर अदालतलाई भन्न पाईन्छ तर दवाव दिएको हैन ः डा. शेखर कोइराला

अाेलीकाे असम्बैधानिक कदम सच्याउ भनेर अदालतलाई भन्न पाईन्छ तर दवाव दिएको हैन ः डा. शेखर कोइराला

किरण न्यौपाने, रंगेली । नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा प्रभावशाली नेता डा.शेखर कोइरालाले मुलुक पुनः द्धन्दको भुमरीमा फस्न सक्ने बताउनु भएको छ ।
मोरङ्गको रंगेलीमा आज नेपाली काग्रेस नगर समितिले आयोजना गरेकोे विरोध सभालाई सम्बोधन गर्नुहुदै काग्रेस नेता डा.कोइरालाले नेपाली काग्रेसको अहिले एउटै माग संसद पुर्नस्थापना हुनुपर्ने रहेको बताए ।
उहाले प्रधानमन्त्री केपी ओलीले चालेको असंबैधानिक कदमलाई न्यायपालिकाले सच्याएर नलगेर संसद विगठनलाई सदर ग¥र्यो भने निर्वाचन सुनिश्चीत गर भनेर फेरी सडक आन्दोलन हुने र त्यति खेर फेरी देश द्धन्दको भुमरीमा फस्न सक्ने र संघियता खेर जाने सक्ने अवस्था समेत आउन सक्ने बताए । तर उहाले आन्दोलन बाट स्थापीत उपल्वधीहरु नेपाली काग्रेसले खेर जान नदिने र त्यसको जिम्मेवारी नेपाली काग्रेसको काधमा आएको बताए ।
उहाले भन्नु भयो नेपाली काग्रेस लोकतान्त्रीक पार्टि भएकाले निर्वाचन बाट नभाग्ने स्पष्ट पारे, तर संविधानलाई कुल्चीएर निर्वाचनमा जानु त्यो गलत निर्णय हुने बताए । काग्रेस सहभागीता मुलक सबै राजनैतिक दल सहभागी हुने निर्वाचनको पक्ष रहेको छ ।
डा. कोइरालाले अहिलेको प्रधानमन्त्रीको कदम अलोकतान्त्री, अराजनैतिक र असबैधानिक भएकोले यसलाई सच्याउ भनेर अदालतलाई भन्न पाईन्छ तर दवाव दिएको हैन त्यो अधिकार प्रत्येक नेपाली संग रहेको बताए ।
साथै डा.कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशिक संरचना विगठन गर्न समेत आतुर रहेको आरोप लगाउनु भएको छ । प्रधानमन्त्री ओलीले संसद विगठन गर्नु पहिले देखि नै प्रदेशलाई संघको प्रशासनिक इकाई हो भन्न थाल्नु भएको भन्दै डा. कोइरालाले प्रधानमन्त्रीलाई प्रश्न गर्दै भने प्रधानन्त्री ज्यु मैले संघियता नबुझेको हो कि ? के प्रदेश संघको प्रशासनिक इकाई हो त भन्दै बुझाई दिन अग्राह गरे । उनले भने आन्दोलन बाट प्राप्त उपल्वधीहरु नेपाली काग्रेस गुम्न दिदैन ।

सम्बन्धित खवर