ओली पक्षीय युवाहरुको उर्लाबारीमा बृहत भेला

ओली पक्षीय युवाहरुको उर्लाबारीमा बृहत भेला

प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय राष्ट्रिय युवा संघले आज उर्लाबारीमा बृहत युवा भेला गरेको छ । उर्लाबारी – ५ स्थित हाम्रो साकोसको सभाहलमा भएको भेलामा युवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

भेलालाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य बिनोद ढकालले आगामी निर्वाचनमा दुई तिहाई ल्याउने हिम्मतका साथ अघि बढ्न युवाहरुलाई निर्देशन दिनुभयो । युवाहरु नै पार्टीको खम्बा रहेको बताउनुहुँदै ढकालले आगामी दिनमा पार्टीको भविष्य युवाकै हातमा रहेको बताउनुभयो । केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउन खोजेर देशलाई अस्थिरतामा ढकेल्न खाजेकाले प्रतिनिधिसभा बिघटन गरेर नयाँ निर्वाचन घोषणा गरेको बताउनुभयो ।

उहाँले देश अब बिस्तारै निर्वाचनमा होमिने भएकाले त्यसको तयारीमा जुट्न आग्रह गर्नुभयो । भेलामा बिघटित प्रतिनिधिसभाका सदस्य घनश्याम खतिवडाले माधप नेपाल र प्रचण्डको पद लोलुपताका कारण यो अवस्था आएको टिप्पणी गर्नुभयो ।

माधव नेपालले ओलीको समुहमा लाग्ने सबै गुण्डा हुन् भनेको भन्दै उहाँले के हामी गुण्डा नै हो त भनेर प्रश्न गर्नुभयो । केपी ओलीलाई प्रतिनिधिसभा बिघटन गर्न बाध्य पारिएको भन्दै उहाँले अब पार्टी संगठनलाई बलियो बनाउँदै निर्वाचनमा होमिनुपर्नेमा जोड दिनुभयो । भेलामा संघिय समाजवादी पार्टीबाट उर्लाबारी ३ मा स्थानीय तहका उम्मेद्वार लालबहादुर राईसहित १२० जना युवा संघमा प्रबेश गरेका थिए । भेला युवा संघ उर्लाबारीका सहसंयोजक योगेश बस्नेतको अध्यक्षतामा भएको थियो ।

सम्बन्धित खवर