संवैधानिक इजलास : कार्कीको ठाउँमा सपना प्रधान मल्ल

संवैधानिक इजलास : कार्कीको ठाउँमा सपना प्रधान मल्ल

काठमाडौँ : प्रतिनिधि सभा विघटन विरुद्धको रिटमाथि आज सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटहरुमा सुनुवाइ गर्न लागि सर्वोच्च अदालतले बुधबार संवैधानिक इजलास गठन गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलास नै गठन गर्दै इजलासमा न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ललाई राखेका छन् ।

प्रधानन्यायाधीश जबराको नेतृत्वमा गठित इजलासमा न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

यसअघि इजलासमा राखिएका न्यायाधीश कार्की केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता बनेकाले स्वार्थ बाझिन सक्ने भन्दै अधिवक्ताहरुले प्रश्न उठाएका थिए ।

सम्बन्धित खवर