बाक्लो हुस्सुका कारण आन्तरिक उडान प्रभावित

बाक्लो हुस्सुका कारण आन्तरिक उडान प्रभावित

काठमाडौं : बाक्लो हुस्सुका कारण पछिल्लो केही दिनयता आन्तरिक उडान प्रभावित हुँदै आएको छ । हुस्सुका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तराई तथा दुर्गम भेगका विभिन्न जिल्लामा हुने उडान प्रभावित भएको हो ।

तराईका विराटनगर, भद्रपुर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज लगायत गन्तव्यको उडान दुई दिनदेखि प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।

विमानस्थलका प्रवक्ता देवचन्द्रलाल कर्णले प्रतिकूल मौसमका कारण तराईका अधिकांश गन्तव्यको उडान प्रभावित भएको बताए । बुद्ध, यती, श्री एयरलाइन्स लगायत कम्पनीको उडान रद्द भएपछि यात्रुले सास्ती बेहोर्नुपरेको छ । आन्तरिकतर्फ एउटा पनि उडान हुन नसक्दा विमानस्थलमा बिहानैदेखि यात्रुहरू रोकिएका छन् ।

मौसम खराबीका कारण आज पनि तराईका अधिकांश स्थानमा उडान हुनसकेको छैन । सोमबार तराईका अधिकांश गन्तव्यको उडान रद्द भएका छन्

सोमबार तराईका अधिकांश गन्तव्यको उडान रद्द भएका थिए । मंगलबार पनि ८८ उडान तालिका भएपनि हस्सुका कारण अधिकांश उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । आन्तरिक उडान प्रभावित भएपनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ ।

 

सम्बन्धित खवर