संसद् विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक : कांग्रेस उपसभापति निधि

संसद् विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक : कांग्रेस उपसभापति निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्रीद्वारा गरिएको संसद् विघटन असंवैधानिक र निर्वाचनको घोषणा संवैधानिक भएको बताउनुभएको छ । नेपाल प्रेस युनियन धनुषाद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलन उपसभापति निधिले प्रधानमन्त्रीद्वारा भएको संसद् विघटनको निकास सर्वोच्च अदालतबाटै हुने बताउनुभयो ।

प्रधानमन्त्रीद्वारा भएको असंवैधानिक घोषणा सन्दर्भमा कांग्रेसमा कुनै विवाद नभएको पनि उहाँले बताउनुभयो । ‘निर्वाचनको प्रसंग असंवैधानिक नभए पनि अदालतबाट हुने निर्णय कांग्रेसलाई शिरोधार्य हुनेछ,’ उहाँले भन्नुभयो । उपसभापति निधिले सामान्यतया निर्वाचनको तयारी कुनै पनि दलले एक वर्षपूर्व नै गर्ने गरेको यथार्थलाई विवाद वा अनर्थका रूपमा लिन नहुने आग्रह गर्दै प्रधानमन्त्रीद्वारा संसद् विघटन सन्दर्भमा प्रयोग गरिएको धाराको उल्लेख असंवैधानिक भएको आरोप लगाउनुभयो ।

एक प्रश्नका जवाफमा उहाँले कांग्रेसको निर्वाचनको मुद्दा संघीयता, गणतन्त्रको रक्षा र जनताको हितमा सफल कार्यान्वयन हुने बताउनुभयो ।

सम्बन्धित खवर