पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए नेपाल भन्ने देश नै हुने थिएनः नागरिक समाज मोरङ

पृथ्वीनारायण शाहले एकीकरण नगरेको भए नेपाल भन्ने देश नै हुने थिएनः नागरिक समाज मोरङ

पथरी।
नागरिक समाज मोरङका संयोजक शुवास चन्द्र निरौलाले पृथ्वीनारायण शाहले एकीकृत नेपाल नबनाएको भए नेपाल भन्ने देश नै नहुने बताएका छन् ।

निरौलाले भने यतिबेलासम्ममा भारतको एउटा प्रान्त भैसक्थ्यो । मोरङको कानेपोखरी-३ सलबले चौकमा आयोजित २९९ औं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा बोल्दै संयोजक निरौलाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले एकीकरण गरेकैले अहिले ‘नेपाल’ देश बनेको उल्लेख गर्दै सरकारले राष्ट्र एकता दिवस मनाउने विषयमा कन्जुस्याईं गर्न नहुने बताएका हुन्।


पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसलाई राष्ट्रव्यापी बनाउनका लागि जनस्तरबाट सरकारलाई व्यापक दबाब दिनपर्नेमा उनले जोड दिए । उनले भने, ‘यो देशको राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओली पनि एकीकृत नेपालको राष्ट्रपति र प्रधानमन्त्री हुन ।
पृथ्वीनारायण शाहले एकीकरण नगरिदिएको भए देश पनि रहने थिएन। उहाँहरू पनि नेपालको राष्ट्रपति र प्रधानमन्त्री बन्न सक्नुहुन्नथ्यो।’
निरौलाले कतिपय विरोधीहरूले पृथ्वीनारायण शाहबारेको टिप्पणीको कुनै तुक नरहेको बताए ।


उनले भने, ‘पछिल्ला राजनीतिक गतिविधिले नेपालको पहिचान हराउन थालेको छ। भाषा, राष्ट्रिय झण्डा तथा राष्ट्रिय जनावर परिवर्तन गर्ने प्रयास भए। हिन्दुराष्ट्रको पहिचान त समाप्त पारे।’

सम्बन्धित खवर