ड्युटीमा खटिएको प्रहरी कर्मचारीलाई हातपात गरेको अभियोगमा सूर्यविनायक नगरपालिका २, बालकोट बस्ने २२ वर्षीय नारायण सिंह सिलवाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग बालकोटमा ड्युटीमा खटिएको प्रहरीलाई सिलवालले हातपात गरेपछि उनलाई नियन्त्रणमा लिई मादक पदार्थ सेवन जाँच गर्नको लागि कोरियन अस्पताल ठिमी लगिएको थियो । अस्पतालमा समेत उनले पुनस् प्रहरी कर्मचारीहरुलाई हातपात गर्नुका साथै उक्त अस्पतालको इर्मेरजेन्सी वार्डको झ्याल ढोकाको सिसासमेत तोडफोड गरेका थिए ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।