नेकपा प्रचण्ड नेपाल समूहद्वारा जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

नेकपा प्रचण्ड नेपाल समूहद्वारा जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

प्रतिनिधि सभा विघटन गर्ने कमद असंवैधानिक रहेको भन्दै त्यसलाई सच्याउन माग गर्दै नेकपा मोरङले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको छ ।

जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई पठाइएको ज्ञापन पत्रमा नेपालको संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गरेको उल्लेख छ ।

प्रतिनिधि सभाको कार्यकाल पाँच वर्ष रहने संविधानको स्पष्ट व्यवस्था हुँदाहुँदै बिचैमा प्रतिनिधि सभा विघटन गरेर जनमतमाथि अपमान र कुठाराघात भएकोले ज्ञापन पत्र मार्फत त्यसलाई तत्काल सच्याउन माग गरिएको प्रचण्ड नेपाल समुहका नेता महेश रेग्मीले बताउनुभयो ।

यसैबीच प्रचण्ड–नेपाल निकट अनेरास्ववियूले पनि प्रधानमन्त्रीलाई संविधानको राम्रो अध्ययन गर्न भन्दै प्रमुख जिल्ला अधिकारी मार्फत संविधानको किताब पठाएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले प्राप्त ज्ञापनपत्र तत्कालै प्रधानमन्त्रीको कार्यालयमा पठाइने आश्वासन दिनुभयो ।

सम्बन्धित खवर