उदयपुर : बिद्युत् अबरुद्ध भएपछि उदयपुरको ताप्ली गाँउपालिकाका ३ सय घरधुरी अन्धकारमा बस्न बाध्य बनेका छन् । वडा नं। ५ स्थित टाटीगैरामा पावर स्टेशन रहेको यारीखोला लघु जलबिद्युत् आयोजनामा खराबी आएपछि त्यसक्षेत्रका नागरिकहरु अन्धकारमा बस्न बाध्य भएका हुन् । बिद्युत् अबरुद्ध भएपछि रुपाटार, कटहरे, लामिसोती र फुर्केका गरी ३ सय घरधुरी बुधबारबाट अन्धकारमा छन् ।
पावर हाउसमा रहेको मेसिनमा समस्या देखिएको र मर्मतका लागि पठाईएकाले केही दिनमा विद्युत सुचारु हुने यारी खोला लघुजलविद्युत आयोजनाका अध्यक्ष थानबहादुर ज्यु ठकुरीले बताउनुभयो ।
विद्युत अबरुद्ध हुँदा गाँउपालिकासंगै विभिन्न कार्यालयका प्रशासनिक काम समेत ठप्प बनेका छन् । मौसममा आएको खराबीका कारण सोलारले समेत काम नगर्ने भएकाले त्यहाँका नागरिकहरु संचारको सुविधाबाट समेत बञ्चित बनेको स्थानिय ठविन्द्र मगरले जानकारी दिनुभयो ।
२३ किलोवाट क्षमताको यारीखोला लघु जलबिद्युत् आयोजना बिगत ९ बर्षदेखी संचालनमा छ ।