संसदीय दलका उपनेता आङबोहाङद्वारा का मुख्यमन्त्री राईसहित ८ जनासँग स्पष्टीकरण

संसदीय दलका उपनेता आङबोहाङद्वारा का मुख्यमन्त्री राईसहित ८ जनासँग स्पष्टीकरण

विराटनगर : यही पुस १२ गते प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध नेकपाको दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव पेश गरेपछि दुवै पक्षबाटै एकअर्कालाई कारवाही गर्ने क्रम बढेर गएको छ ।

नेकपा प्रदेश–१ का संसदीय दलका उपनेता टंक आङबोहाङले मुख्यमन्त्री शेरधन राईसहित ८ जनालाई बुधबार लिखित स्पष्टीकरण सोधेका छन्।

केपी ओली नेतृत्वको सरकारकै पक्षमा उभिएको, दलको नेताबाट हटाएपछि पनि गतिविधिहरु जारी राखेको, दलको बैठकमा उपस्थित नभएको, पार्टी र दलको विधानविपरीत कार्य गरेको भन्दै मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्की, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामवहादुर मगर, भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ, दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी, प्रदेशसभा सदस्य इन्द्रमणी पराजुली, विमल कार्की र अम्बिका थापालाई स्पष्टीकरण सोधिएको हो।

उदयपुरका प्रदेशसभा सदस्य कार्की र थापाले मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी कला घलेलाई दबाब दिएर हस्ताक्षर फिर्ता लिन बाध्य पारेको भन्दै स्पष्टीकरण सोधिएको बताइएको छ। ओली पक्षकै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुसीयतलाई भने स्पष्टीकरण सोधिएको छैन।

मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेशसभा सचिवालयमा ३७ जनामध्ये १९ जनालाई ओली समूहले स्पष्टीकरण सोध्नुका साथै १६ जनालाई तीन महिनाका लागि निलम्बन समेत गरिसकेको छ।

सम्बन्धित खवर