धारामा बरफ जम्दा नाका सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई खानेपानीको समस्या

धारामा बरफ जम्दा नाका सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई खानेपानीको समस्या

चीनसँग सीमा जोडिएको हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाका सुरक्षामा खटिएका सशस्त्र प्रहरीलाई खानेपानीको समस्या भएको छ । आइतबारदेखि लगातार भएको हिमपातले अत्यधिक चिसो भएर तापक्रम माइनसमा झरेका कारण खानेपानीका धारा बरफ जमेर पानी नआउने हुँदा पानीको अभाव देखिएको हो ।

चिसो अत्यधिक भएकाले घरबाहिर निस्कन गाह्रो हुने, पानीका धारामा बरफ जमेर तातो पानी हाले पनि नआउने गरेको हिल्सा बिओपीका इञ्चार्ज सुरज केसीले जानकारी दिनुभयो ।

घाम नलाग्दा खानेपानीका धारामा पानी जमेर खानेपानीको समस्या भएको केसीले बताउनुभयो । ‘कर्णाली नदी टाढा छ, पानी लिन जाँदा चिसो अत्यधिक छ, घरबाहिर निस्कनसमेत गाह्रो छ र पानीका धारामा बरफ जम्ने भएकाले पानीको बढीको समस्या निम्तिएको छ,’ उहाँले भन्नुभयो । छ महिनाका लागि रासन र दाउराको जोहो यसअघि नै गरेकाले यसको समस्या नभएको उहाँले बताउनुभयो ।

सम्बन्धित खवर