राजेन्द्र महतो, लहान
सिरहाको गोलबजार नगरपालिकामा एक युवकको शव मृत अवस्थामा फेला परेको छ।
सिरहाको गोलबजार नगरपालिका ६ चौबटिया स्थित गोलबजार १२ का शिक्षक किशोर सिंहको १८ वर्षीय छोरा आनन्द सिंहको शव फेला परेको हो ।
मंगलबार अबेर रातीसम्म नभेटाएका आनन्द बुधबार बिहान १०ः३० बजे गोलबजार ६ चौबटियामा मृत अवस्थामा फेला परेको प्रहरीले जनाइएको छ। चौबटियामा स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
ईलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सन्तोष राईका अनुसार शव भेटिएको तर घटना कसरी र किन भएको हो भन्ने खुल्न सकेको छैन् ।
राईले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो । मृतक युवक गोलबजार ६ स्थित सृजना सेकेन्डरी बोर्डिङ स्कुलको कक्षा १० मा अध्यनरत थिए ।