सिमाना नाका बन्द रहे पनि ठाडी भन्सार सिरहाको राजश्व ४ करोडभन्दा बढी

सिमाना नाका बन्द रहे पनि ठाडी भन्सार सिरहाको राजश्व ४ करोडभन्दा बढी

राजेन्द्र महतो, लहान

कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन सरकारले भारतीय सीमा नाका बन्द गरे पनि सिरहा स्थित भन्सार कार्यालय ठाडी सिरहाले चालु आर्थिक वर्ष २०७७/०७८ को पाँच महिनाको अवधिमा रु ४ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।

भारतीय सीमा नाका बन्द गरेकै अवस्थामा ठाडी भन्सारले चालु आवको साउनदेखि मङ्सिरसम्मको अवधिमा रु ४ करोड ८९ लाख ४५ हजार राजश्व सङ्कलन भएको सो कार्यालयले जनाएको छ ।

चालु आवमा रु ६ करोड ३० लाख लक्ष्य तोकिएकामा पाँच महिनाकै अवधिमा लक्ष्यको करिब ६० प्रतिशत राजश्व सङ्कलन गर्न सफल भएको भन्सार कार्यालय ठाडी सिरहाका प्रमुख नरेश साहले बताए । भारतबाट खाद्यान्न सामग्री आयतमा भन्सार वृद्धि भएकाले राजश्व सङ्कलनमा वृद्धि भएको प्रमुख साहले बताए ।

सो कार्यालयले गत आ.व २०७६/७७ मा रु ७ करोड १६ लाख ७९ हजार राजश्व सङ्कलन गरेको थियो ।

सम्बन्धित खवर