विदेशीको डिजाईनमा धर्म निरपेक्षता लादियो : कमल थापा

विदेशीको डिजाईनमा धर्म निरपेक्षता लादियो : कमल थापा

हेटौंडा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विदेशीको डिजाईन अनुसार नेपाललाई धार्मिक, सांस्कृतिक उपनिवेश बनाउन धर्म निरपेक्षता लादिएको दावी गरेका छन्।

२०६२/०६३ को आन्दोलनमा विदेशीको प्रभाव, प्रायोजन र लगानी रहेको भन्दै थापाले त्यो बाटोबाट मुलुक दुर्घटना हुने बुझेर नै राप्रपा र आफू गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयताको विपक्षमा उभिएको दावी गरे।

हेटौंडामा बुधबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले विगत १४ वर्षको गलत अभ्यास र प्रयोगबाट वर्तमान व्यवस्था, प्रणाली र संविधानमाथि गम्भीर प्रश्न चिन्ह खडा भएको बताए।

संसद विघटनको घटनाबाट मुकुक थप जटिलता तर्फ फसेको थापाको भनाइ थियो। उनले लोभ ,लालच र प्रलोभन दिई योजनाबद्ध रुपमा गाउँ–गाउँमा धर्म परिवर्तन गराउने काम भएको भन्दै कडा आपत्ति जनाए।

सम्बन्धित खवर