तनहुँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले तनहुँबाट १ लाख ५० हजार रुपैयाँ घुस सहित एक जना सब ईञ्जिनियरलाई रंगेहात पक्राउ गरेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरण अन्तर्गतको जिल्ला आयोजना कार्यान्वयन ईकाई ९शिक्षा० का सबर्ईञ्जियर सुरेन्द्र अधिकारीलाई टोलीले पक्रिएको हो ।
भानु नगरपालिका–५ मैबलको सरस्वती माध्यमिक विद्यालयको काम सम्पन्नताको विवरण दिनलाई घुस लिदै गर्दा दमौलीको मालपोत लाइनस्थित भिरकोट रेष्टुरेण्टबाट नियन्त्रणमा लिएको अख्तियार पोखराका सुचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए । १४ लाख ६९ हजार रुपैयाँमा विद्यालयको शौचालय निर्माण भएकोमा योजना अनुगमन पश्चात काम सम्पन्नको विवरण दिनलाई उनले घुस मागेका थिए । रंगेहात नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको रिजालले बताए ।
