बाबुरामको ठोकुवा : ओली इमानदार तानाशाह र गणतन्त्रविरोधी

बाबुरामको ठोकुवा : ओली इमानदार तानाशाह र गणतन्त्रविरोधी

काठमाडौं : जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलले प्रधानमन्त्री केपी शर्मा ओली गणतन्त्रविरोधी भएको बताएका छन्। संसद् विघटनविरुद्ध काठमाडौंमा आयोजित राजनीति दलहरूसँगको अन्‍तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘ओली सबै कामको विरोधी हुन्। संघीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता लगायतका विरोधी हुन्’ उनले भने, ‘ओली इमान्दार तानाशाह हुन्।’

उनले संसद् विघटन नै नभएको दाबी गरे। ‘संसदको विषयमा अब अदालतको हातमा छ। पुन: स्थापनाको कुरा गर्नका लागि विघटन नै भएको छैन’ उनले भने, ‘अदालतमा गइसकेपछि त्यो ओलीको गल्तीलाई अदालतले सञ्चाइदिन्छ भन्ने लागेको छ। अदालतको आस गरौँ। भर नपरौँ।’

ओलीले देशलाई राजनीतिक अस्थिरतातर्फ धकेल्न खोजेको उनले आरोप लगाए। ‘बहुमतको सरकार चलाउन नसक्नेले चुनाव गराउँदैन। ओलीले देशलाई राजनीतिक अस्थिरतामा धकेल्न मात्रै खाजेका हुन्’ उनले भने, ‘संविधान पनि भंग भएपछि राष्टियता खतरामा पर्ने बेला आएको छ। सबै एकजुट हुनुपर्ने बेला आइसकेको छ।’

ओलीले नियोजित रूपमा संसद् विघटन गरेको आरोप लगाए। देशमा राजनीतिक अस्थिरतातर्फ धकेलिँदै गएपछि विदेशीले शक्तिले खेल्न पाउने उनले दाबी गरे।

सम्बन्धित खवर