नेम्वाङलाई थापाको आरोप : आफ्नै नेतृत्वमा बनाएको संविधान माथि ‘कु’ हुँदा समेत चुइँक्क नबोल्ने

नेम्वाङलाई थापाको आरोप : आफ्नै नेतृत्वमा बनाएको संविधान माथि ‘कु’ हुँदा समेत चुइँक्क नबोल्ने

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले आफ्नै नेतृत्वमा लेखिएको संविधान माथि ‘कु’ हुँदा समेत संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले वेवास्ता गरेको बताएकाछन् ।

बुधबार सामाजिक सञ्जालमा स्ट्याटस राख्दै नेता थापाले नेम्वाङ कसैले केही सोध्लान की भनेर लुकेर बसेको आरोप लगाएकाछन् । उनले भनेकाछन्, ‘संविधानमा ‘कु’ हुँदैगर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरिहता’ देख्दा दया लागेको छ ।’

उनले संविधान बनाएको संविधान सभाको नेताले संविधानको पक्षमा उभिने साहस नसकेको तर संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्ने अपेक्षा गरेको उनले उल्लेख गरेकाछन् ।

उनले लेखेकाछन्, ‘प्रतिनिधिसभा विघटनको संवैधानिक प्रश्नमा आजबाट सर्वोच्च अदालतमा बहस शुरु हुँदैछ।म यतिवेला संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सम्झिरहेको छु,जसलाई संविधानका अक्षर त्यसको स्पन्दन अनि त्यससँग जोडिएका सन्दर्भ र त्यस समयका सभासमिति अनि कोठादेखि चोटासम्मका बहसको बारेमा थाहा छ ।

मलाई लागेको थियो यो संकटमा मेरो अध्यक्षले अदालतमै उभिएर, श्रीमान् प्रधानमन्त्री ओलीले गर्नुभएको प्रतिनिधिसभा विघटन असंवैधानिक हो । मेरो नेतृत्वमा बनाएको संविधानमा यस्तो प्रावधान लेखिएकै छैन र विधायिकी मनसाययस्तो हुँदै होइन’’भनेर सन्दर्भ सहित जमेर बहस गर्नुहुनेछ ।अपसोच उहाँ त कसैले केही सोध्लान कि भनेर लुकेर बस्नुभएको छ,प्रश्नबाट भाग्नुभएको छ । आफैले बनाएको संविधानमा ‘कु’ हुँदैगर्दा त्यस विरुद्ध चुइँक्क बोल्न नसक्ने मेरो अध्यक्षको यो तहको ‘निरिहता’ देख्दा दया लागेको छ ।

संविधान बनाएको संविधान सभाको नेताले त संविधानको पक्षमा उभिने साहस गर्न सक्नु भएन। मलाई विश्वास छ, संविधानको व्याख्या गर्ने जिम्मेवारी पाएको सम्मानित सर्वोच्च अदालतले संविधानको पक्षमा उभिने साहस राख्नेछ 

सम्बन्धित खवर