निर्वाचन गर्न समस्या नभएको मन्त्री तुम्बाहाम्फेको भनाई

निर्वाचन गर्न समस्या नभएको मन्त्री तुम्बाहाम्फेको भनाई

विराटनगर : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डा. शिवमाया तुम्बाहाम्फेले संसद पूर्नस्थापना भएको खण्डमा पुरानै प्रक्रिया अनुसार मुलुक अघि बढ्ने बताउनुभएको छ ।

विराटनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनका क्रममा मन्त्री तुम्बाहाम्फेले संसद पूर्नस्थापनाबारे सर्वोच्च अदालतमा बहस जारी रहँदा त्यसबारे आफू धेरै टिकाटिप्पणी गर्ने अवस्थामा नरहेको बताउनुभयो । यद्यपी, संसद पुर्नस्थापना भएको खण्डमा भने मुलुक पहिलेको प्रक्रियाबाटै अघि बढ्ने प्रतिक्रिया दिाुभएको हो ।

संसद पूर्नस्थापना गर्ने विषय अदालतमा चलिरहँदा र अदालतले नै निर्णय गर्ने हुँदा आफूले त्यसविषयमा धेरै टिप्पणी नगर्ने बताउनुभउो । पत्रकार सम्मेलनका क्रममा अहिलेको राजनीतिक अवस्थामा प्रदेशसभा पनि विघटन हुने सम्भावना रहेको मन्त्री डा. तुम्बाहाम्फेको भनाइ छ । राष्ट्रिय राजनीतिक घटनाक्रमको प्रभाव प्रदेशसभामा पनि परेकाले संविधान, प्रदेशको ऐन, नियमावलीअनुसार प्रदेशसभा विघटन हुन सक्ने उहाँले बताउनुभयो ।

संसद विघटनका विषयमा उहाँले दुईतिहाईको बहुमत पुगेको दललाई सरकार सञ्चालन गर्न नदिएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘बहुमतको सरकारलाई कार्य गर्न दिइएन। असहज परिस्थिती सिर्जना गरिएको छ । त्यसैलेपनि असहज परिस्थितीलाई सहज बनाउनका निम्त्ति प्रत्यक्ष निर्वाचनमा जाने, ताजा जनादेशसहित बहुमत प्राप्त दलले सरकार सञ्चालन गर्नेका लागि संसद विघटन गरिएको हो ।’

सोही क्रममा सरकारले तोकेको वैशाख १७ र २७ गतेको निर्वाचका लागि तयार अवस्थामा रहेको जानकारी दिनुभयो। अहिलेको अवस्थामा तीनै निकाय निर्वाचनका लागि तयार रहेको बताएकी मन्त्री डा. तुम्बाहाम्फेले अहिले निर्वाचन गर्न समस्या नभएको प्रष्ट पार्नुभयो ।

अर्को प्रसंगमा मन्त्री डा. तुम्बाहाम्फेले वर्तमान सरकार प्रतिनिधिसभा नरहेको अवस्थामा कामचलाउ भइसकेको बताउनुभयो । प्रधानमन्त्री नै संविधान अनुसार कामचलाउ भएको हुँदा कार्यरत सबै मन्त्रीहरु पनि कामचलाउकै अवस्थामा रहेको उहाँको भनाइ थियो ।

 

सम्बन्धित खवर